नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि बिभिन्न स्थानमा बिरोध भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा आन्दोलनै गरेको छ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियु हेटौंडा उपमहानगर कमिटीको आयोजनामा हेटौंडामा पनि बिरोध प्रर्दशन भएको हो ।
पेट्रोलको प्रतिलितर नयँ मूल्य प्रतिलिटर १सय९९ रुपैयाँ बनाइए पछि बिरोध प्रर्दशन भएको हो ।
मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै यथावत् छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १सय९२ रुपैयाँ भएको छ ।
एक्कासी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि सरकारले जनताको ढाड सेक्ने योजना भएको भन्दै आन्दोनमा उत्रिएका हुन् ।
निर्णय परिवर्तन गरेर मुल्यघटाउन माग सहित हेटौंडाको बुद्धचोकमा प्रधानमन्त्रीको पुत्ला जलाईएका हुन् ।
सरकारले जनतालाई असर पर्नेगरि मूल्यबृद्धि गरेकाले आफुहरु आन्दोलनमा उत्रनु परेको बताउदै मुल्य नघटाएमा जारी रहने उल्लेख गरेका छन् ।
प्रदर्शनमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी विद्यार्थी इन्चार्ज ईश्वर ढुंगाना, अनेरास्ववियु केन्द्रिय थाई कमिटी सदस्य सन्तोष पौडेल,अनेरास्ववियु केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज किशन घिसिङ,अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष विशाल पौडेल लगाएत विद्यार्थी हरुको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्