Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो । सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल रु १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताउनुभयो । आव २०७५/७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो । आव २०७८/७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गर्नुभएको थियो । अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् । कम रकममा ठेक्का सम्झौता गर्ने र वर्षौसम्म योजना अलपत्र छाड्ने प्रवृृत्ति बढिरहेका बेला यसरी समयअगावै पुल निर्माण सम्पन्न गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बर्दिबासका स्थानीय तारणी लामगादेले बताउनुभयो । “ठेकेदारको प्रवृत्ति देख्दा यो पुल पनि वर्षौसम्म बन्दैन कि भन्ने हाम्रो चिन्ता थियो”, लामगादेले भन्नुभयो, “तर निर्माण कम्पनीले सोचेभन्दा थोरै समयमा पुल निर्माण सम्पन्न गरेको छ ।” यो अरु निर्माण कम्पनीका लागि पनि उदाहरणीय कार्य भएको उहाँको भनाइ छ । यी दुई पुलमात्र होइन, आव २०७८/७९ मा धनुषा र महोत्तरीका ११ वटा पुल निर्माण सम्पन्न भएको छ । दुवै जिल्लाका विभिन्न सडकमा निर्माणाधीन ५३ वटा पुलमध्ये यस आवमा ११ पुलको निर्माण सकिएको र बाँकी पुलको निर्माणकार्य भइरहेको प्रमुख मिश्रले बताउनुभयो । ठेक्का लिएर पनि लामो समयदेखि काम अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेपछि धमाधम पुल निर्माण भएको प्रमुख मिश्रको भनाइ छ । उहाँका अनुसार योजना अलपत्र छाड्ने ८८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । यस्तै सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माणाधीन धनुषा र महोत्तरीका रणनीतिक सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको छ । कुल ८८ किलोमिटर सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ । गत आव २०७७/७८ मा धनुषा र महोत्तरीमा १७ वटा पुल निर्माण भएको थियो भने ८८ किलोमिटर सडक कालोपत्र भएको थियो । बजेट आभावका कारण अघिल्लो आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा कम सङ्ख्यामा पुल निर्माण र सडक कालोपत्र भएको प्रमुख मिश्रको कथन छ । यस्तै आव २०७८/७९ मा तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा विभिन्न ८८ वटा सडक पूर्वाधारका योजना प्रदेश सरकारमा हस्तान्तरण गरिएको प्रमुख मिश्रले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology