प्रधानमन्त्रीमा नियुक्त भएपछि नियुक्त पत्रमा हस्ताक्षर गर्दै सुशीला कार्की । तस्बीर विपिन अधिकारीको फेसबुकबाट ।

हेटौंडा । नेपाल सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छिन् । संसद् विघटनपछि सर्वसम्मत नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । संसद् विघटनपछि सर्वसम्मत सहमति अनुसार उनलाई शुक्रबार अन्तरिम सरकारको नेतृत्व दिने निर्णय गरेको जनाइएको छ । ४२ औं प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौड्यालले आजै शपथ ग्रहण गराउने छन् । राष्ट्रपति पौड्यालले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस अघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले जेन जी को विरोध प्रदर्शनीले देशमा उत्पन्न भएको परिस्थितीलाई मध्य नजर गर्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन् । गत वर्ष असार ३१ गते नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दहाल प्रचण्डपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम दिएका थिए । अब नेपालले पहिलो महिला नेतृत्व सरकार पाउने छ ।