Rato Samachar
Fri, 24 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकीः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताउनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया क्षेत्रीय सम्मेलन’ उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तन विश्वमै ठूलो चुनौतीका रुपमा खडा भएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “विगत तीन दशकयता जलवायु परिवर्तनका बारेमा अनेकौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भए पनि नेपालजस्ता पर्वतीय राष्ट्र एवं धेरै समुद्री टापु भएका राष्ट्रको हितका लागि पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै छ ।” उहाँले न्यायमा आधारित विश्वव्यवस्थाले मात्र नेपालजस्ता विकासोन्मुख राष्ट्रको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्न र सोहीअनुरूपको नीति निर्माण गर्न सघाउने पनि बताउनुभयो । राष्ट्रपति भण्डारीले न्यायको सम्बन्ध कर्तव्य र उत्तरदायित्वसँग हुने हुँदा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हरेक मुलुकसँग यसबारे न्यायपूर्ण दृष्टिकोण र भावना निर्माण गर्नसके प्रतिबद्धता हासिल हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोण संविधानमा अभिव्यक्त भएको जानकारी दिनुभयो । “हामीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ, यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने विश्वास छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । नेपाल सबै प्रकारका युद्धको विपक्षमा रहेको र राष्ट्र–राष्ट्रका बीचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्नेमा मान्यता राख्ने मुलुक भएको हो भन्दै उहाँले विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने नेपालको सुदृढ विश्वास रहिआएको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले थप्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको स्पष्ट दृष्टिकोण छ ।” विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सम्मेलनको ध्यानाकर्षण गराउनुभयो । भूपरिवेष्ठित मुलुकका लागि निर्वाध पारवहन अधिकारको प्रत्याभूति गर्ने ‘समुद्रसम्बन्धी कानुन’ (ल अफ द सी) को निर्माण र विकास गर्न नेपालले ऐतिहासिक भूमिका निर्वाह गरेकोे उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय कानुनको मार्गदर्शनका आधारमा नेपालले विश्वका सम्पूर्ण भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकारका लागि पैरवी मात्र नगरी मित्रराष्ट्र हुँदै समुद्रसम्म नेपालको आफ्नै पहुँच स्थापित गर्न ठोस पहल गरी सफलतासमेत हासिल गरेको जानकारी दिनुभयो । उहाँले नेपालको यस प्रयासमा सहयोग गर्ने सम्पूर्ण मित्रराष्ट्रलाई सम्मेलनमार्फत धन्यवाद पनि दिनुभयो । अन्तर्राष्ट्रिय कानुनको मान्यतामा उभिएर ‘नियममा आधारित विश्व व्यवस्था’ कायम गर्न राष्ट्रहरूले भूमिका निर्वाह गर्नुपर्ने आवाज समकालीन विश्वमा उठेको पनि राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । नियम र कानुनको सोझो एवं स्पष्ट उद्देश्य न्याय स्थापना गर्नु रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “आजको विश्वव्यवस्था नियममा आधारित हुनुपर्दछ तर त्यतिले मात्र पुग्दैन, त्यसभन्दा अझ माथि उठेर न्यायमा आधारित विश्वव्यवस्था कायम हुनुपर्दछ भन्ने विषयतर्फ यस सम्मेलनले पर्याप्त विवेचना गरोस् भन्ने मेरो आग्रह छ ।” नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय र बहुपक्षीय सन्धि, अभिसन्धि तथा महासन्धिप्रति सदैव प्रतिबद्ध रहेको र तिनको कार्यान्वयनका लागि दृढ रहेको पनि राष्ट्रपति भण्डारीले स्मरण गराउनुभयो । उहाँले उक्त सम्मेलनको सफलताले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले यस सम्मेलनबाट नेपालमा अन्तर्राष्ट्रिय कानुनको अध्ययन, अनुसन्धान एवं अभ्यासमा समर्पित विद्वत वर्गलाई आफ्नो ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको र प्राज्ञिक भविष्य खोज्ने नयाँ पुस्तालाई थप उत्साह मिलेको पनि बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology