रोशन दिप – आज जेठ १५ गते परेको १६औं गणतन्त्र दिवसको अवसर पारी आयोजना गरिएको TikTok प्रतियोगिता सुरु भइसकेको छ ।

नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला कार्यसमितिले आयोजनामा गरेको सो TikTok प्रतियोगितामा बालक देखी बृद्धा सम्म सबैले भाग लिन पाइने संयोजक अभिप्सा पौडेलले बताइन् ।

प्रतियोगितका नियमहरु तल क्रमस यस प्रकार रहेका छन् ।

१।नेपाली कांग्रेसको जयनेपालको नारा,सुन सुन साथी र नेवि संघको गीतको जुन सुकै भाग बाट १मिनेट लामो TikTok मर्यादित भएर सभ्य पहिरनमा बनाउन पर्ने,
२ । Nepali_Congress_Jindabad,NSUMakwanpur, ganatantradiwastiktokchallenge भन्ने hastag प्रयोग गर्नु पर्ने,
३।लाइक,भ्युज,कमेन्ट, सेयरको आधारमा मूल्याङ्कन हुने,
४। जालझेल गरी boost गरेको लाइक,भ्यूजको मान्यता नहुने,
५। देशभरि जुन सुकै ठाउँ बाटपनि भाग लिन पाउने,
६। गणतन्त्र दिवसको दिन देखि १५दिन पछि नतिजा प्रकाशन हुने।आजको मिति देखि १५ दिन सम्मको like views & shareलाई मात्रै मान्यता दिइने ।
पुरस्कार
प्रथम : ५०००
दृतिय : ३०००
तृतीय :  १५००
कार्यक्रम संयोजक : अभिप्सा पौडेल
सहसम्योजक : ईन्द्र ब लामा
नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला कार्यसमिति
थप जानारीका लागि ९८१८२७७५८७ संपर्क राख्न सक्नु हुने छ ।