बाग्मती-

फापरबारी रेडक्रस उपशाखाको सातौं अधिवेशनबाट सभापतिमा शंकर कुमार पराजुली निर्विरोध चयन भएको छ।बैशाख ९, गते वडा न.८ को जनता मा.वि.मा भएको  अधिवेशनले प्रत्यक्ष तर्फ ११ सदस्यीय कार्य समिति चयन गरेको छ।

नेपाल रेड्क्रस सोसाइटी फापरबारी शाखाको सातौं अधिबेशनले निम्न तपशिलका कार्य समिति चयन गरेको छ। सभापति शंकर कुमारी पराजुली ,उपसभापति भगवती माझी ,सचीव मनोज नेगि , उप सचीव पुन्य प्रसाद सापकोटा ,कोष अध्यक्ष लिला कुमार आले , सह कोष अध्यक्ष शेर बहादुर थोकर , सदस्य लिलाराज सर्मा सापकोटा ,रबिन आले ,धनमाया स्याङतान,बाल कुमार तिमल्सिना ,प्रेम बहादुर पुलामी लगायतको सदस्यहरु रहेका छ्न। लामो समयको शिक्षण पेशाबाट समाज सेवामा लागेका पराजुलीले टिमको नेतृत्व गरेकाले रेड्क्रसले भावी दिनहरुमा  केही आशा गर्लान कि भन्ने आशा पलाएको सहभागीहरुले बताएका छन।

नेपाल रेडक्रस सोसाईटी मकवानपुर जिल्ला शाखा सभापतिले  फापरबारी उपशाखाको सातौ अधिवेशनको  सभाध्यक्ष निर्वाचन अधिकारी रामजी सापकोटाले गर्नु भएको  थियो।  प्रमुख अथितीमा  बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान थियो र बिशेष अथिती रेडक्रस जिल्ला  सभापति लाल बहादुर थापाले रहेका थिए। अधिबेशनमा उप सभापति खेमराज सापकोटा ,नेपाल रेडक्रस जिल्ला मन्त्री सुमित्र काफ्ले ,कोष अध्यक्ष किशोर बर्तौला,उप कोष अध्यक्ष मंगल रखाल,सदस्य सर्मिला बि.क. तथा निर्वाचन अधिकृत लक्ष्मण भट्टराई ,निबर्तमान सभापति इन्द्रमणी तिमल्सिना ,आजिबन सदस्य भक्त राई लगायतको व्यक्तत्वहरुको उपस्थित रहेको थियो।