रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मेयर पदमापुष्प वादी “वसन्त”  विजयी भई सकेका छन् ।
उम्मेदवार बनेका पुष्प बादी चौरजहारी नगरपालिकामा एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई हराउदै५ सय ७१ मतान्तरले मेयर बने ।

सानो छदा जातिय विभेदले त्रसित बनेका पुष्पा नै अहिले स्थानिय तहको प्रमुखमा पहिलो मेयर बनेर जिम्मेवारी पाएका छन् ।
कक्षा ४ पढ्दा साथीको झोलामा भएको रोटी छोइएको निहुँमा कुटाइ खाए पछि विद्यालय गए कसैको केही छोइन्छ भन्दै पिल्सिएर बसे ।
समय बित्दै गयो बिभेदको जालोले बेर्दै गयो । बिस्तारै बास्तविक बुझुन सुरु गरपछि परिवर्तको मार्ग खोज्दै राजनीतिक संगठनमा आवद्ध हुन थाले ।

मान्छे मान्छेबीचको विभेदको अन्त्य गर्न समूह बनाउने, छलफल गर्ने र विस्तारै राजनीतिमा सक्रिय भएरनै काम गरे ।
विभेदविरुद्ध नेपाल उत्पीडित मुक्ति समाजमा आवद्ध भएर विभेदको विरोध थालेका पुष्प माओवादीको जनआन्दोलनमा सहभागी भए ।
माछा मार्ने मादल बनाएर, सुल्पा बनाएर परिवार पाल्ने व्यक्ती  विभेद अन्त्यका लागि माओवादीको कार्यकर्ता बनेर काम युद्धमा होमिएका थिए ।

२०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्यसमेत रहेका पुष्प पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छन् ।
चौरजहारी नगरपालिकाको पार्टी इन्चार्ज रहेका पुष्पलाई पार्टीले सर्वसम्मत मेयरको टिकट दिएको थियो ।
आज निकै परिवर्तन भएको छ । तिनै बादी यसपटक स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएका छन् । नगरप्रमुखमा निर्वाचित हुने उनी वादी समुदायका व्यक्ति हुन् ।

मेयर बनेपछि उनले आफूलाई अमूल्य मत दिएर निर्वाचित गराउने मतदाताहरुको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका छन्।

जनताले जिताउन दिएको साथको कदर गर्दै चुनावी मैदानमा होमिदा जनताका माझ राखेका प्रतिबद्धता अनुसार आफूले काम गर्ने बताउदै मतदाताहरुलाई धन्यबाद व्यक्त गरे।

समृद्ध नगर र सुखी र खुशि नगर निर्माण गर्न सबै पक्षसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए।