हेटौंडा । हेटौंडा-१०,स्थित नारायणी कलेजमा कक्षा-११ अध्यनरत विद्यार्थीलाई स्वागत गरिएको छ । मङ्गबार कलेजका कक्षा-१२ मा अध्यनरत विद्यार्थीले कक्षा-११ मा नयाँ भर्ना भएर आएका विद्यार्थीका लागि स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा-१० का वडाध्यक्ष फूर्वादोर्जे लामाको प्रमुख  आतिथ्यमा तथा कलेजका सहायक प्रिन्सीपल कमल नेपालको सभाध्यक्षमा उद्धाटन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमा कक्षा-१२ मा अध्यनरत छात्र र छात्राले सहजिकरण गरेका थिए । कार्यक्रम कलेजमा अध्यनरत विद्यार्थीले विभिन्न नृत्य गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभालाई प्रष्पोटन गर्ने अवसर पाएका थिए । कार्यक्रममा कलेजका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी