हेटौंडा उपमहानगरपालिकामा रहेको नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सव  सम्पन्न गरेको छ ।

………..

महोत्सवको विषयमा नवोदय शिशु सदनमा प्रदर्शनी देखाउन उपस्थित विद्यार्थीहरु र विद्यालयका निर्देशक दिपेश जोशीसँग गरिएको कुराकानी भिडियो मार्फत हेर्नसक्नुहुनेछ ।


………..

दुई दिने हेटौंडा कला–साहित्य महोत्सव–२०७९ विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ दुई दिन २७ र २८ गते हेटौंडामा बाल साहित्य महोत्सव गरिएको हो ।

पहिलो दिन शुक्रबार विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा २० वटा कार्यशाला सन्चालन भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको महोत्सवमा मकवानपुर जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको हो ।

दुई दिने महोत्सवमा कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराइएसंगै शनिबार नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य लाखे नाच देखाइ विविध विषयमा कार्यशालाका साथै अन्तरक्रिया गरिएको थियो ।

सहभागी हुने विद्यार्थीमा कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने विश्वास रहेसंगै महोत्सवमा भारत र पाकिस्तानका लेखकको समेत सहभागिता रहेको कार्यक्रमका संयोजक सीएम रिमालले बताएका छन् ।

संयोजक रिमालले जानकारी दिए अनुसार चितवन, नवलपुर, बारा, रौतहट र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षकको पनि सहभागिता रहेको थियो ।
त्यस्तै बाल साहित्य महोत्सवमाभारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहेको थियो ।

नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गरिएपछि महोत्सवमा तीन हजार अधिक विद्यार्थी, शिक्षक, अभिभावक लगायतलृ प्रसंसा गरेको विद्यालयका निर्देशक दिपेश जोशीले बताए ।

महोत्सव हेटौंडा ४ स्थित नवोदय शिशु सदन मावि परिसरमा सम्पन्न गरिएको हो ।