हेटौंडा । हेटौंडामा भोलि आइतबारबाट सुरू हुन लागेको पहिलो संस्करणको थर्ड आइ जापान ७ ए साइट नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक भएको छ । गोरखा ब्वाइज क्लबको आयोजनामा हेटौंडा–४,स्थित श्रमिक माध्यमिक विद्यालयको श्रमिक खेल हुन लागेको फुटबल प्रतियोगिताको  खेलतालिका सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको हो ।

प्रतियोगिताको उद्धाटन खेलमा काल भैरव एफसी वालाबीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलिनै हुने दोस्रो खेलमा हेटौंडा  फुटबल एकेडेमी बी र ढेडो एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  हेटौंडा-१०,स्थित नारायणी कलेजको सहयोगमा र हेटौंडा-५,स्थित सिटी कलेजको प्रयोजनमा हुने प्रतियोगितामा १७ वटा टिमहरुको सहभागिता रहेको छ । जिल्लामा खेलाडीहरुको उत्पादन गर्न, खेलाडीको क्षमता अभिवृद्धि गर्न, खेलको महत्वबारे बुझाउन र एक अर्काबीच भातृत्व कायम गराउन प्रतियोगिताको आयोजना गरेको बताइएको छ । प्रतियोगिताको फाइनल खेल असोज ११ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिडर र उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताको खेलतालिका