तिलागुफा नगरपालिकामा नरेन्द्र स्मृति कप सुरू भएको छ। राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय नरेन्द्र शाहीको सम्झनामा पहिलोपटक  तिलागुफा नगरपालिकाले  स्मृति कप संचालन गरेको हो।

यश वर्षपनी तिलागुफाले फोइमा शुक्रबार एक कार्यक्रमका बिच स्मृति कपको उद्घाटन गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाही, राष्ट्रिय खेलाडी ऐनबहादुर शाही, पत्रकार लगायतको उपस्थितिमा भलिबल खेलको उद्घाटन गरिएको जनाएको छ।

खेलमा ८ वटा टिम दर्ता एका छन भने राष्ट्रिय खेलाडीलाई सम्मान समेत गरिएको थियोे

नागरिक न्युजबाट साभार गरिएको छ ।