मकवानपुर प्रहरीले ग्राम लागु औषध गांजा सहित  १ महिला सहित २  जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको प्रहरीटोलीले  हेटौंडा १० स्थित राप्तीपुल नजिकै चेकजाँचको क्रममा चितवनतर्फ बाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नं.को तरकारी बोक्ने पिकअप गाडीमा चेकजांच गर्दा ७४ किलो ७०० ग्राम औषध गांजा लागुऔषध गांजा फेला परेपछि  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भ्यान चालक जिल्ला नुवाकोटका बिदुर नगरपालि वडा नं.१३ बर्मानगर बस्ने बर्ष ३१ को प्रकाश तामाङ र सोही गाडीमा सवार रहेका पर्सा ठोरी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३४ की चन्द्र कुमारी श्रेष्ठ रहेका छन् ।

प्रहरीले जानकारी दिए अनुसार  बिशेष सुचनाको आधारमा भदौ १८ गते बिहानको ०२ः १५ बजेको समयमा तरकारी बोकेको पिकअप गाडीको पछाडी ढाला भित्र तरकारी राख्ने क्रेटमा लुकाई ल्याएको गाँजा फेलापारेपछि पिकअप गाडी सहित उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।