ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा सम्पन्न भएसंगै उपाध्यक्षका लागि हेटौंडाका प्रदिप अर्याल उपाध्यक्षमा चयन भएका छन् ।

काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा
सम्पन्न भएसंगै माधव नेपालको नेतृत्वमा उपाध्यक्षका लागि अर्याल चयन भएका हुन् ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट२ सय ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बिस२०६५ सालमा स्थापना भएको महासंघको १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेको बताइएको छ भने नेतृत्व चयन भएसंगै तीन वर्षको कार्यकाल रहने छ ।

…………..

महासंघको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी नेपालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल, महासचिवमा पुष्पराज श्रेष्ठ, सचिवमा केदार बानियाँ र धर्मराज पोखरेल, कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी र सह कोषाध्यक्षमा टेकराज पोखरेल चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा दिलिप अर्याल, सन्तोषकुमार कार्की, चिरन्जिवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल, निलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल चयन भएका छन् ।

 

 

रातो समाचार संवाददाता
थप जानकारी