कैलाली धनगढीका मदन पुरस्कार विजेता रामलाल जोशीको कथा सङ्ग्रह ‘बाआमा’ माथि हेटौंडामा अन्तरक्रिया गरिएको छ ।छ ।

जोशीको कथा सङ्ग्रह ‘बाआमा’ माथि नेपालका बिभिन्न स्थानमा अन्तरक्रिया भइरहेको छ भने आइतबार
हेटौंडामा अन्तरक्रिया गरिएको  हो ।

नेपाली लेखक सङ्घ मकवानपुरको आयोजनामा घनश्याम घिमिरेले पुस्तकमाथि समीक्षा गरे । १२ वटा कथा संग्रहित पुस्तकले ज्येष्ठ नागरिकको मर्म र भावनाहरु बोलेको उल्लेख गरे ।

कार्यक्रममा सीताराम वर्तौला र सानु खनालले लेखकको कृतिमाथि आफ्ना धारणा सुनाए ।
कृतिको प्रकाशक बुकहिलका सञ्चालक भूपेन्द्र खड्काले पुस्तकमाथि आफ्ना धारणाहरु राखेका थिए ।

यसैविच  कृतिकार जोशीले नेपाली समाजको वास्तविकतालाई कथामा उतारेको र नेपालको पश्चिम क्षेत्रको जनजीवन र भोगाईहरुलाई कृतिमा उतारेको बताए ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्षता संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।