हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१,स्थित भैरव आधारभूत विद्यालयमा जेसिआई हेटौंडाले पोशाक वितरण गरेको छ । शुक्रबार जेसिआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँ सहितको टोली विद्यालयमै पुगेर ४३ सेट टि—सर्ट तथा टाउजर वितरण गरेको हो । हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा तथा जेसिआईका अध्यक्ष पंंकज दास बानियाँको सभाध्यक्षमा सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रमलाई सृजन बज्राचार्यले संयोजन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक हुद्धत बहादुर दलार्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल सुनुवरले पोशाक सौजन्य गर्ने जेसीआई हेटौंडालाई धन्यवाद व्यक्त गर्दे आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरेका छन् । नेपाल जेसिआई वर्ष २०२५ का महासचिव विकेशलाल श्रेष्ठले जेसीजले आफ्नो अभियानमा गर्ने निरन्तर कामको बारेमा जानकारी गराएका छन् । वडाध्यक्ष न्यौपानेले हेटौंडा जेसीजले राष्ट्रिय स्तरमा समेत आफनो बेग्लै छाप छोड्न सफल भएकोमा खुशी व्यक्त गरे । जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष जेसी सन्तोष पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्