जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न

दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी बेसीशहरमा अभियान सुरु गरेको छ ।

नेपालमा हुने गरेको सवारी दुर्घटना मध्ये दुईपाङ्ग्रेको सङख्या अत्याधिक भएकाले दुईपाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न अभियान चलाईएको जनाईएको छ ।

जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुईपाङ्ग्रे सवारी साधनका कारण भएकाले नै सवारी चालकलाई ट्राफिक नियम बारे जानकारी गराइने जनाएको हो ।

ट्राफिक व्यवस्थापन तथा सुधार गर्न अभियान सञ्चालन गरीएको र मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर एक हप्तासम्म अभिायनबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको हो ।

दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै रोकेर प्रशिक्षण दिने, सवारी दुर्घटना कम हुने उपाय, सडक अनुशासनका बारेमा सिकाइने सवारी साधनको सङख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले नै उक्त कार्यक्रम सञ्चालन गरीएको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख विष्णुबहादुर नेपालीले बताए ।

नेपालीको भनाई छ । अभियान सुरु भएसँगै बेसीशहर बजारमा आइतबारबाट एक साइड पार्कीङ निषेध अभियान समेत सुरु गरीएको छ ।