Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

कैलालीमा बाढीको जोखिममा परेकालाई राहत

विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ । नेपाल रेडक्रस सोसाइटीका अनुसार टीकापुरका तीन हजार १२ परिवार र जानकीका एक हजार पाँच सय सात परिवारले नगद सहयोग पाउने भएका छन् । उनीहरुलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरिने भएको छ । मौसम पूर्वानुमानमा आधारित विपद् पूर्वसूचनाअनुसार बाढी आउने सूचना आएपछि जोखिममा रहेका समुदायले नगद सहयोग पाउनेछन् । बाढी आउनुपूर्व सुरक्षित स्थानमा सर्न, सुरक्षित स्थानमा आवश्यक दैनिक उपभोग्य सामान खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त सहयोग तीन चरणमा वितरण गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत परिवार, दोस्रो चरणमा २० र तेस्रो चरणमा २० प्रतिशतलाई रकम दिइने नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले जानकारी दिनुभयो । “मौसम विज्ञान विभागको बाढी आउने पूर्वसूचनापछि कर्णाली नदीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्नका लागि नगद रकम सहयोग गरिनेछ”, उहाँ भन्नुहुन्छ, “यसले जोखिममा रहेका परिवारलाई सुरक्षित हुन र अत्यावश्यक सामान खरिदमा सहयोग पुग्नेछ ।” विगतमा बाढी पीडितलाई बाढीपछि राहतका लागि सामान दिइन्थ्यो । बाढीपछि उद्धार गरिने, राहतका सामग्री दिने अभ्यास छ । अब सामानभन्दा नगद दिएमा आवश्यक सामान आफैँ खरिद गर्न सहयोग होस् भनी सहायता गर्न थालिएको रेडक्रस कैलालीका कार्यक्रम संयोजक हेमराज उप्रेती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले स्थानीयस्तरमै गएर, नदीको जोखिममा रहेका तटीय क्षेत्रको अनुगमन गरेर तथ्याङ्क तयार गरेका छौँ ।” टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले रेडक्रसले तथ्याङ्क सङ्कलन गर्दा नगरपालिकासँग समन्वय नगरेको गुनासो गर्नुभयो । “पालिकासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरेको भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब सहायता दिँदा समुदायमा समुदायमा द्वन्द्व निम्तने डर रहन्छ । कसैले पाउने, कसैले नपाउने हुँदा पालिकामा गुनासो बढ्छ ।” नगर प्रमुख रामलाल डगौरा थारुले ६० प्रतिशतलाई पहिलो चरणमा दिने ४० प्रतिशतले पछि पाउने भएमा समस्या हुनसक्ने बताउनुभयो । “बरु रकम सहायता कम गरौँ, केही परिवारले पहिलो चरणमा पाउने, केहीले दोस्रो चरणमा दिएमा नागरिकलाई सम्झाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । रेडक्रस कैलालीका सभापति उत्तम जोशीले विश्व खाद्य कार्यक्रमले धेरै अनुरोधपछि कैलालीलाई छनोट गरेको उल्लेख गर्दै बाढी आउनु पहिला दिँदाको प्रभाव र पछि दिँदा समुदायमा पर्ने प्रभावबारे अध्ययन गर्न पनि यसो गर्न थालिएको बताउनुभयो । विश्व खाद्य कार्यक्रमका ऋतेश श्रेष्ठले बाढी आउनुपूर्वको सूचनालाई आधार मानेर कर्णाली नदीको जोखिममा रहेकालाई सहयोग गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगद सहायता कार्यक्रम अन्य जिल्लामा पनि छ । देशभरिका २८ हजार परिवारले नगद सहायता पाउने भएका छन्    रासस

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology