Rato Samachar
Wed, 26 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ मनाइयो

 प्रत्येक वर्ष भदौ १ गते सिंह सक्रान्तिका दिन मनाइने कीर्तिपुरको ‘बाघभैरव जात्रा’ आज मनाइएको छ । धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वले धनी कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवं जात्रा मनाउँदै आएका छन् । विगतका वर्षमा कोरोना महामारीका कारण स्थगित भए पनि यस वर्ष भने उक्त पर्व धुमधामका साथ मनाइएको हो । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको छ । जात्रा आज बिहानैबाट सुरु भएको छ । बाघभैरवको मूर्तिमा चढाइएको गरगहनालाई सरसफाइ गर्नुका साथै बाघभैरवको मूर्तिलाई मन्दिरको उत्तरतर्फ रहेको पानीको कुवामा स्नान गर्ने काम सम्पन्न भएको कीर्तिपुर सांस्कृतिक जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । बाघभैरवको मूर्तिलाई स्नान गर्ने कुवा अरु समयमा भने बन्द गरिँदै आएको छ । उक्त जात्राका अवसरमा बाघभैरवको मन्दिरमा पञ्चवलीसमेत दिइँदै आएको छ भने भात पकाएर प्रसादका रुपमा चोकमा लगेर बाँड्ने गरिन्छ । उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएकाले यस स्थानको गरिमा र महत्व अझै बढाएको छ । पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौँका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्नुका साथै आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली मनाइएको छ । बाघभैरव जात्राका दिन आज बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ । एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाएछन् । उपत्यकाका मानिसले दुःख पाएको थाहा पाएर यस क्षेत्रमा आएर दानासुरको वध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेको मत छ । अर्को किंवदन्तीमा उत्तरतर्फको बस्तीका गोठाला यहाँस्थित जङ्गलमा पशु चराउन जाँदा एकदिन उनीहरूले माटाको खेलौनाका रुपमा बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ । अहिले पनि यहाँ रहेकोे बाघको मूर्तिमा जिब्रो छैन । सदस्य शाक्यका अनुसार यहाँको बाघभैरव मन्दिरको जीर्णोद्धार समयसमयमा गर्ने गरिएको छ । नेपाल संवत् ६३५ मा ललितपुरका राजा जगतपाल बर्माले मन्दिरको जीर्णोद्धार गरेको पाइएको जनाउँदै उहाँले विसं २०२४ मा राजा महेन्द्रले जीर्णोद्धार गर्न लगाएको पाइएको बताउनुभयो । विसं २०२४ मा जीर्णोद्धार गर्दा मन्दिरको माथिल्लो छानामा तामाले छाइएको थियो । त्यस्तै गत वर्ष नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत रु ७० लाख विनियोजन गरी मन्दिरको दोस्रो छानो पनि झिङ्गटी हटाएर तामाले छाइएको थियो । यहाँका बासिन्दाको सक्रियतामा बाघभैरवको मूर्ति विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएको छ । झण्डै एक दशकअघि यहाँको बाघभैरवको मूर्ति तान्त्रिक विधिद्वारा जीर्णोद्धार गरिएको थियो । बाघभैरव मन्दिरमा यहाँका बासिन्दाले निकै श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गरेको पाइन्छ । बाघभैरव मन्दिरमा स्थानीयवासीसहित ७७ जिल्लाका भक्तजनले श्रद्धाका साथ पूजा गर्न पाउँछन् । प्रत्येक वर्ष लाग्ने बाघभैरव जात्रा धार्मिक एवं सांस्कृतिक रुपमा विशिष्ट महत्वको रुपमा मानिने गरेको छ । जात्राका अवसरमा विगतका वर्षमा मन्दिरका पुजारीका साथै मन्दिरको पनि राम्रो आम्दानी हुने गरेको भए पनि कोरोनाका समयमा भने हुन सकेन । सदस्य शाक्यका अनुसार प्रत्येक वर्षको भदौ १ गते बाघभैरवको मूर्तिलाई स्नान गराएर विशेष पूजाआजा गर्ने प्रचलन प्राचीनकालदेखि हुँदै आए पनि खटजात्रा गर्ने प्रचलन भने विसं २०१३ देखि सुरुआत गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

यशको दोहोरो भूमिकामा “टक्सीक” बुधबार देखि प्रदर्शन निर्देशक गीतु मोहनदास चर्चामा

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

नेपाली फिलम “पार्वती” भदौ १२ देखि प्रर्दशनमा

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology