कालिकोटमा विस्फोटक वस्तु पड्किँदा  दुई बालिकाको ज्यान गएको छ। तीन जना बालबालिका घाइते भएका छन्।

कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा विस्फोटक वस्तु पड्किँदा चार वर्षीया झरना थापाको ज्यान गएको हो। घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचारक्रममा सुर्खेतमा ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै, तीन वर्षीया दर्शना राना,पाँच वर्षीया मुस्कान थापा र सात वर्षीय कमल थापा घाइते भएका हुन्। उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताए।

उनका अनुसार घाइतेहरु बालबालिकाहरुलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि ग्रृह मन्त्रालयको पहलमा  हेलिकप्ट

रमार्फत सुर्खेत पठाइएको छ।

नागरिक न्युजबाट साभारछ ।