कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ ।

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँले हेटौंडा–१८, खट्कुलेस्थित टासी देलिङ्ग गुम्बाको त्रिबुद्ध मूर्ती प्राण प्रतिष्ठा तथा गुम्बा भवनको उद्घाटन गरेका छन् । बिहीबार एक समारोकाबीच नेपाली काँग्रेसका प्रदेश सभापति इन्द्र बहादुर बानियाँले गुम्बा भवनको उद्घाटन गरेका हुन् । नवनिर्मित भवनको उद्धाटन गर्दै प्रदेश सभापति बानियाँले नेपालका विभिन्न जातजातीमा धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण ठूलो सहयोग पुग्ने बताएका छन् ।

उनले बुद्धको मार्ग दर्शनले हजारौँ वर्षदेखि मानिसलाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा प्रेरित गर्ने विश्वास व्यक्त गरे स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले बागमती प्रदेश सरकारको संस्कृति पर्यटन मन्त्रालयबाट बजेट विनियोजनमा सहयोग गरेको उनको भनाई छ । गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ७५ लाखको बजेटमा निर्मित टासी देलिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षमा उद्घाटन कार्यक्रा भएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी