अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत   कालिकोट –जुम्ला  सडकखण्ड खुलेको छ।

सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व,सरोकारवालाको समन्वय तथा सहकार्यमा तीन हप्तालामो प्रयासपछि उक्त सडकखण्ड सोमबारदेखि  खुलेको हो।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कालिकोट –जुम्ला  सडकखण्डको तिलागुफाको  नाग्मसम्म दर्जनौँ स्थानको पहिरो हटाएर सडक खुलाइएको छ।

उनले  भने, ‘दिनरात खटेर काम गर्दा आज सडक खोल्न सफल भएका छौँ। राजमार्ग बन्दका कारण जुम्ला,मुगु र कालिकोटका नागरिकलाई यात्रा गर्न समस्या हुदै आएको थियो।’

भारी वर्षादका कारण दर्जनौं ठाउँमा क्षतविक्षत भई पूर्णरूपमा अवरुद्ध कर्णाली राजमार्ग खुलाउन  सडक डिभिजन जुम्ला, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतले काम गरेका थिए।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो