हेटौंडा । हेटौंडा–८,कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनमा चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारबाट कमानेको चन्द्रोदय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिताको उद्धाटन खेल संयोजक विष्णु दहालको सभाध्यक्षमा तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा भएको हो ।
शनिबार भएको प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा कमाने इ-प्लानेट ब्लास्टरले पहिलो जीत निकालेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा टस जितेर पहिलो बलिङ रोजेको इ-प्लानेट ब्लास्टरले कमाने एक्सपर्ट भिजन-११ लाई ६ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको कमाने एक्सपर्ट भिजनले १६ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो । कमाने एक्सपर्ट भिजनबाट इरफान अलिले २९ रन, सुजित पटेलले २८ रन र मेराज देउवानले १७ रन बनाएका थिए । कमाने इ-प्लानेट ब्लास्टरबाट दिप्सन चौलागाईंले ४ विकेट, गौरब खड्काले २ विकेट र रिशभ चौधरीले १ विकेट मात्र लिए ।
दोस्रो ब्याटिङ गरेको कमामे इप्लानेट ब्लास्टरले १५ ओभरमा ४ विकेट गुमाउँदै कमाने एक्सपर्ट भिजन दिएको रनको लक्षय भेट्टायो । कमाने एक्सपर्ट भिजनबाट युविन बुढाथोकीले ६६ रन, सुजन चौलागाईंले १४ रन र रिशभ चौधरीले ६ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच दिप्सन चौलागाईं घोषित भएका छन् ।
अहिलेको दोस्रो खेलमा कमाने लायन्स र कमाने रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । माघ १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।




















प्रतिक्रिया दिनुहोस्