आज बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिकाको  दियाले भन्ने ठाउँमा  बोलेरो जिप दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ।

ना १ ज ८४७३ नम्बरको यात्रुवहाक उक्त जिप सदरमुकाम ओखलढुंगा तर्फ  गरिहेको थियो । जिपमा सवार १३ जना मध्ये ११ जना घाईत भएका छन ।  घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसैविच घाइतेहरूलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न  प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार नेपाली सेनाको  उद्धार टोली घटनास्थल पुगिसकेको  नेपाली सेनाले जनाएको छ।

नागरिक न्युजबाट साभार छ ।