स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगितामा मकवानपुर जिल्लाको टिमलाई सहभागी हुन संघका अध्यक्ष संगीत श्रेष्ठले अनुरोध गरेका छन् । विगतको समयदेखि साईकल रेस सञ्चालनमा नआएको कुरालाई मध्यनजर गर्दै १६ किलोमिटर एक्सीओ साइकिलङ्ग रेस प्रतियोगिताका गर्न लागेको उदयपुर साइकिलङ्ग संघले जनाएको छ ।
पछिल्लो समयमा जुनियर खेलाडीको बढ्दो उमेरसँगै जुनियर खेल खेल्न नपाई, बिना अनुभवै खेल खेल्न बाध्य भएको अनुभुति भएकोले देशभरिका जुनियर साइक्लिस्ट खेलाडीको सहभागितामा प्रतियोगिता गर्न लागेको बताइएको छ ।
मकवानपुरबाट सहभागी हुने खेलाडीहरुको खर्च साइक्लिङ्ग संघले व्यर्होनेछ । प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीयले ३ हजार रुपैयाँ, तृतीय हुनेले २ हजार रुपैयाँ, चौंथो हुनेले १ हजार ५ सय रुपैयाँ, पाचौं हुनेले १ हजार रुपैयाँ र छैटौं देखि आठौं हुनेले ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।





















प्रतिक्रिया दिनुहोस्