सिक्कीम (मुनसोङ) । छिमेकी मुलुक भारतरको सिक्कीमस्थित मुनसोङमा जारी ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा जारी इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्गत आइतबार र सोमबार सेमीफाइनल चरणको दुई खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो । अब शुक्रबार इन्डिपेन्डेन्स डे को दिनमा हुने फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपाल र एवाइसी सिङ्ताम भिड्न्त हुने पक्का भएको छ ।

दुबै टिम जितको लक्षयसहित मैदानमा उत्रने छ्न् । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा एवाइसी सिङ्ताम सेभन स्टार क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनलमा आइपुगेको थियो भने सोमबार भएको सेमीफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिमले ड्रागन फुटबल क्लबलाई ४-० गोलले हराउँदै फाइनलमा आइपुगेको थियो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको थियो । शनिबार भएको क्वाटरफाइनलको खेलमा बरमेक फुटबल क्लबलाई ३-१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलको स्थानसुरक्षित गरेको थियो भने एवाइसी सिङ्तामले २-१ गोलले केएफसी समरडुङ्लाई हराउँदै सेमीफाइनलको स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले को नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको टिम प्रशिक्षकमा भीम लाम रहेका छ्न भने टिम म्यानेजर सञ्जय लामा रहेका छन् ।