Rato Samachar
Sat, 30 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

  • कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताउनुभएको छ। “आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ … व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,” उहाँले भन्नुभयो । उहाँले आसियान विदेश मन्त्रीहरूको ५५ औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउँनु भएको हो। शुक्रबार जारी गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा विदेश मन्त्रीहरूले क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताउँनु भएको हो। “यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,” संयुक्त विज्ञप्तिमा भनिएको छ। रिकेपमा १० सदस्य राष्ट्रहरू – ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया-प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । विश्वको सबैभन्दा ठूलो व्यापार समूह रिकेपले २.२ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६.२ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ । विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ। कम्बोडियाको रोयल एकेडेमीमा इन्स्टिच्युट अफ चाइना स्टडीजका महानिर्देशक वरिष्ठ अर्थशास्त्री के सेरेवाथले आरसीईपीले क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिको लागि उत्प्रेरकको रूपमा काम गरेको बताएका छन् । “यसले कम्बोडिया र अन्य सदस्य देशहरूलाई कोभिड-१९ महामारीबाट गुज्रिएको आर्थिक पुन: प्राप्तिलाई तीव्र पार्न मद्दत गर्ने कुरा उनले सिन्ह्वालाई बताएका छन्। “मलाई विश्वास छ यो महा-क्षेत्रीय व्यापार सम्झौता भविष्यमा विश्वव्यापी व्यापारको लागि गुरुत्वाकर्षणको नयाँ केन्द्र बन्नेछ,” उनले थपे। —–रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

काठमाडौंमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, भलिबलमा छात्र र छात्रातर्फ मकवानपुर क्वार्टरफाइनलमा

रातो समाचार संवाददाता

पेट्रोलदेखि भान्सासम्म महँगीको आगो : राहत माग्दै युवा अभियानता भोजराज संजेल

बागमतीमा एचआइभी संक्रमण घट्दो क्रममा, तर चुनौती अझै उस्तै 

रातो समाचार संवाददाता

नवोदय शिशु सदनले जेठ १५ गतेदेखि नवोदय मुन कार्यक्रम गर्दै, २०० जना विद्यार्थीको सहभागिता रहने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

रुपन्देहीका दिनेशले जिते गणतन्त्र दिवसको ५ किलोमिटर खुल्ला दौडको उपाधि

रातो समाचार संवाददाता

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology