सर्लाही,१६ कार्तिक । सामाजिक अभियन्ता सरोज रायले जनताको आर्थिक प्रगती र समृद्धीको लागि मैले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएको बताउनुभयो । सामाजिक अभियन्ता राय अहिले घरदैलो कार्यक्रममा ब्यस्त छन । सामाजिक अभियन्ता राय सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । रायले लालटिन चुनाव चिन्ह पाउनु भएको छ । संविधानको रक्षा, मधेश प्रदेश ,देशको विकास, जनताको आर्थकि प्रगती र समृद्धी मेरो मुख्य मुख्य मुद्दा रहेको समाजिक अभियन्ता रायले बताउनुभएको छ ।नेपालमा पछिल्लो समय दलिय प्रणाली प्रति जन्ताहरु असन्तुष्ट भएको हुदाँ पनि आफनो जित सुनिच्छित भएको अभियन्ता रायले दाबी गर्नुभयो । सामाजिक अभियन्ता राय समाजमा परिचित अनुहार हुन । उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ । उहाँले भारतबाट समेत कैयौं नेपालीको उद्धार गर्नुभएको छ । सामाजिक अभियन्ता रायको प्रतिस्पर्धा समग्रमा हेर्दा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसबाट हरेश महतो र जन्ता समाजवादीबाट उम्मेदवार बन्नुभएको संजय कुमार यादवबिच प्रतिस्पर्धा हुने भएको छ । अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा सामाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिए भएपछी रायको चर्चा क्षेत्र नं. ३ मा व्यापक हुने गरेको छ । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि (क) बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख ) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको छ । यसैगरी नेकपा एमाले र जसपाका गठबन्धन बाट संघिय सांसदमा एमाले बाट हरि उप्रेती, (क) प्रदेशमा एमाले बाटै गणेश प्रसाद प्रसाई र (ख) प्रदेश सभा सदस्यका लागि संजय कुमार यादवले उम्मेदवारी दिनुभएको छ ।




















प्रतिक्रिया दिनुहोस्