बुधबार काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् ।

गृहमन्त्री लामिछानेले बुधबार आचार्यका परिवारलाई भेटेका हुन् । गृहमन्त्री लामिछानेले आचार्यले उठाएका कुराहरुको छानबिन गर्ने आश्वासन दिए ।

यस्तै कुराहरुबाट आजित भएर आफू राजनीतिमा आएको भन्दै लामिछानेले यो विषयमा गम्भीर भएर छानबिन गर्ने बताए । ‘मैले भर्खरै मात्र सुरुवात गरेको छु । सुरुमै आशा जगाउन सकिनँ, त्यसका लागि मलाई क्षमा गर्नुहोला । तर, निर्धक्क हुनुस्, उहाँले उठाउनुभएका, हामीले छानबिन गर्नुपर्ने विषयमा हामी छानबिन गर्नेछौं,’ गृहमन्त्रीले भने ।

गृहमन्त्रीलाई भेटेपछि आचार्यकी श्रीमती नानुकाले भावविह्वल हुँदै भ्रष्टाचारका कारण आफ्नो पतिले ज्यान गुमाएको बताइन् । कृषिमा पाउने अनुदानका लागिसमेत पैसा दिनुपरेको उनले बताइन् ।

लामिछाने समक्ष नानुकाले छोराछोरीको चिन्ता व्यक्त गरेकी छिन् । उनले छोराछोरीको पढाई र आफ्नो लागि रोजगारी सुनिश्चित गरिदिन माग गरिन् ।

‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने ? मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्स मैले सक्ने रोजगारी पनि दिनुस् । नानुकाले गृहमन्त्रीलाई भनिन् ।

 

समाचार (दैनिक नेपाल ) बाट साभार ।।।