Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

अन्तरपालिका बैठक

  • सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गर्नुभएको हो । पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिनुभयो । जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने बैठकमा आयोजना गरिएको प्रजिअ पन्थीको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ जनप्रतिनिधिलाई अनुभवको खाँचो रहेको छ । पुरानाबाट अनुभव साटासाट, सीमा जोडिएका पालिकाको विकास निर्माण, सुशासन, सबै पालिकामा एकरुपता ल्याउने । कुनै पालिकाबीच समस्या भए समाधान गर्न पहल गर्ने उद्देश्य राखेका हौँ ।” तीनवटै तहका सरकारले एकअर्कासँग मिलेर काम गर्ने भनेर कानुन बनेको भए पनि स्थानीय सरकारबीच पनि साझेदारी आवश्यक रहेको प्रजिअ पन्थीको भनाइ छ । पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरिएको र समन्वय बैठक सिकाइ आदानप्रदानका लागि महत्वपूर्ण बन्ने पुर्चौंडी नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ जनप्रतिनिधिलाई पालिकाको कामलाई कसरी प्रभावकारी बनाउन भनेर अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको छ, बैठकबाट धेरै कुराको सिकाइ भएको छ ।” बैठकमा नगरपालिकामार्फत सञ्चालन गरिएका विकास र सुशासनका कामका बारेमा जानकारी गराइएको र अरु पालिकाले गरिरहेका कामका बारेमा पनि अनुभव साटासाट गरिएको दशरथचन्द नगर प्रमुख पुष्करराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले गरिरहेका असल अभ्यासका विषयमा सिकाइ आदानप्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको छ, यसको निरन्तरता आवश्यक छ ।” स्थानीय तहमा रहेका न्यायिक समितिलाई सक्रिय बनाउन समितिका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिने, सीमा जोडिएका पालिकाले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने, पालिकाबीच असल अभ्यास, समस्या लगायतका विषयमा बैठकमा छलफल भएको छ । प्रत्येक महिना फरकफरक पालिकामा सञ्चालन हुने अन्तरपालिका समन्वयात्मक अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा बस्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology