रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मुटुमा रहेको बुद्ध चोकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अनेरास्ववियुले बिरोध प्रर्दशन गरेका छन् ।

रेशम चौधरीको रिहा तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रघाती नागरिकता बिधेयकको बिषय भन्दै बिरोध प्रर्दशन गरेका हुन् ।
सरकारले राष्ट्रघाती नागरिकता बिधेकलाई अनौपचारीक ढङ्गले प्रमाणिकरण गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेका थिए ।

नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई भारतले आफ्नो नक्सामा उतार्ने चेष्टा गर्दा पनि सरकार मोन रहेको र राष्ट्रपतिले कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई आममाफि दिएकोमा आपत्ती जनाएका हुन् ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं विधार्थी इन्चार्ज फुर्वा दोर्जे लामा, अनेरास्ववियु केन्द्रिय सदस्यहरु विशाल पौडेल, भुवन मैनाली लगाएत नेता कार्यकर्ता, जिल्ला सचीव पुष्कर तिमल्सिना लगायतले सहभागीता जनाएका थिए ।