कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि आर्दश थोकर ।

हेटौंडा । तामाङ पत्रकारहरुका लागि हेटौंडामा ३ दिने तामाङ तामायिग (लिपी) प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बुधबारबाट लिपी प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । तालिममा सहभागी भएकाहरुलाई मेम्बर लो र लिलाकुमार घलानले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रम शुक्रबार सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा केन्द्रीय सचिव आदर्श सिंह थोकरको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धाटन समारोह भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका सहायक पाँचौ तुलाराम पाण्डे, आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबाको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी