
हेटौंडा । २ थना पेस्तोल, लागूऔषध अफिम र गाँजासहित राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–१ का राजु स्याङ्तान पक्राउ परेका छन् । आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १÷१ थान एमएम युनिभर्सल मेड एन इटाली लेखिएको म्याग्जिन सहितको पेस्तोल र कटुवा पेस्तोल फेला सहित राक्सिराङ्गका राजु स्याङ्तानलाई पक्राउ गरेका छन् ।
गत जेठ महिनाको ३१ गते मंगलबार राजु स्याङ्तानले आफ्नै घरमा लागूऔषध तथा हातहतियार लुकाइ छिपाइ राखेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरीले विशेष सूचनाको आधारमा घर अगाडि खानतलास गर्ने क्रममा म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, गोली १३ राउण्ड, मकैको खोस्टा तथा पत्करहरुको भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ एमएम लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम १ किलो ३१० ग्राम र लागूऔषध गाँजा २२ किलो ८०० ग्राम फेला परेको थियो ।
यस अघि पनि मिति २०७६ साल श्रावण ४ गते लागूऔषध गाँजा तथा हातहतियार मुद्दामा पक्राउ परेर पाँच बर्ष ६ महिना कैद तथा भुक्तानको सजाय तोकिएर गत वर्षको माघ महिनामा मात्र सजाए पूरा भएको कार्यालयका एसपी विश्वराज खड्काले जानकारी दिएको छ । यस्तै २०७१ सालमा लागूऔषधको मुद्दामा पक्राउ परेर २ वर्षसम्म सजाय काटेका उनी ३ पटक पक्राउ परेका हुन् । निजलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासदमै राखेर लागूऔषध तथा हतहतियार खरखजनाको कसुर मुद्धामा कारबाही गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्