पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर गिरावट आएको छ। सोमबार ४.२९ अंकले घटेको नेप्से मंगलबार २१.१६ अंक घटेर एक हजार नाै सय ५१.८४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.८९, फ्लोट इन्डेक्स १.५१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४१ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका दुई सय २७ कम्पनीको ३२ लाख नाै हजार कित्ता सेयर एक अर्ब १९ करोड सात लाख ६५ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार भएको छ। सोमबार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो।

 

नेप्सेका १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ। जसमा म्युचुअल फन्ड ०.४० प्रतिशतले बढ्दा होटेल तथा पर्यटन ०.२२ प्रतिशतले बढेको छ। आज वित्त उपसमूह सबैभन्दा धेरै २.१२ प्रतिशत र जलविद्युत् २.११ प्रतिशतले घटेको छ।

आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.६८ प्रतिशत बढेको छ। सानिमा माई हाइड्रोपावरको सेयरमूल्य ७.३२ तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६ प्रतिशतले घटेको छ। मंगलबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाै करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ।

नयापत्रिकाबाट साभार गरिएकोछ ।