
रोशन दिप – केही बेर अघि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।
बिहीबार मध्यराती १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौं, हेटौंडा र आसपासमा बिहिबार मध्यराती भूकम्पको धक्का महशुस भएको भन्दै सामाजिक सञ्जालमा पोष्टहरु आइरहेका छन् । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्