
हेटौंडा । टोल विकास नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–१८,स्थित हर्नामाडीमा नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । वडा नम्बर–१८ का १३ वटा टोल विकास संस्था तथा वडा समन्वय समितिका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिमको आयोजना सुरु भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोग बिहिबारबाट सुरु भएको नेतृत्व विकास तथा लेखा सम्बन्धी तालिम भोलि शनिबार सम्म सञ्चालन हुनेछ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको सभाध्यक्षतामा तथा वडा नम्बर १८ का वडा अध्यक्ष अनिल कुमार बाँनियाको प्रमुख आतिथ्यतामा उद्धाटन कार्यक्रम भएको हो ।
तालिममा सहभागीहरु ।
समृद्धिको अभियानमा टोल विकास जस्ता संस्थाको योगदान उल्लेखनीय रहेको वडाध्यक्ष अनिल कुमार बानियाँले बताए । उनले नेतृत्व विकास तथा लेखा पारदर्शिता संस्थागत विकासको आधार भएकोले यस्ता तालिमहरू आवश्यक र प्रभावकारी हुने सहभागीमा विश्वास दिलाएका थिए ।
समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल स्थानीय स्तरमै सशक्त नेतृत्व विकास र पारदर्शी लेखा प्रणालीमार्फत समुदायको समस्या समाधान तथा सामाजिक जागरणको अभियानलाई गति दिने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताए । उनले सहभागिता, समन्वय र सामूहिक प्रयासमार्फत समृद्ध टोल निर्माणमा सबैको सहयोग आवश्यक रहेको धारण राखेका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक शाखा प्रमुख गंगा चौलागाई, नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरी दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, सदस्य लोकेन्द्र सुर्खेती, वडा समन्वय समितिका अध्यक्ष बिमला बिसङ्खे लगायतको उपस्थिति रहेको थियो। तालिममा जम्मा ४० जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्