बागमती प्रदेश सरकारद्वारा हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग सञ्चालन गर्नका लागि हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्गको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री लामा, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, प्रदेश सभाका सदस्य भारती पाठक, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, पूर्वमन्त्री रामेश्वर फुयाल, हेटौंडा, उपमहानगर मेयर मीनाकुमारी लामा, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल लगायतको उपस्थितिमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका बिचमा संझौतापत्रमा हस्ताक्षर गर्दै हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरेका हुन् ।

सोही क्रमसंगै सर्वसाधारणका लागि खुला गरिएको छ ।

नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि।सं। १९७४ सालमा निर्माण गरिएको र निर्माणका लागि दुई वर्ष लागेको थियो । भएर विगतमा जीप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।

सो सुरुङमार्ग २२५ मिटर लम्बाइ छ ।

हेटौंडा उपमहानगर १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सञ्चालनमा ल्याइएको हो । सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ भने कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको जनाइएको छ ।

 

हेटौंडा – १५ चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि  यसरी …..खुला  गरियो

Hetauda Surungmarg । हेटौंडा -१५ को सुरुङमार्ग खोलियो, के छ भित्र ? प्रवेश गर्नका लागि यस्तो.. ।