हेटौंडा । हेटौंडा–१०,स्थित चौरमा दोस्रो वृहत् खेलकुद कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । यही फागुन २९ गतेदेखि चैत १४ गतेसम्म हुने वृहत् खेलकुद तथा कृषि पर्यटन महोत्सवको लागि टिसीएन चौरमा तयारी कार्यलाई अगाडि बढाइएको छ । महोत्सवको तयारी अन्तर्गत चौरमा महोत्सवका लागि बाटो निर्माणको कार्य भइरहेको छ ।

 

महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् । उनले महोत्सवको राष्ट्रिय महिला भलिबल प्रतियोगिता, राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, जिल्ला स्तरीय पुरुष भलिबल, कराँते तथा व्याडमिन्टन प्रतियोगिता साथै १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता समावेश हुने बताए । उनले निर्वाचनपछि महोत्सवलाई अझ व्यवस्थित रूपमा सम्पन्न गरिने जानकारी दिँदै सबै सरोकारवालाहरूलाई सहभागिताका लागि अनुरोध गरेका छन् । खेलकुद प्रतियोगिताका विजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी