हेटौंडा अस्पताल बचाउ तथा सुधार संघर्ष समितीको अभियन अन्तरगर्त हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने माग राख्दै आएका छन् ।
संघर्ष समितीका संयोजक विशाल राज महत सहित टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा अस्पतालको स्वामित्व विवादका विषयमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको लगातका विषयमा जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएका अधिवक्ता केशवप्रसाद गौतमले रिटमा सर्वोच्चको गत मंसिर २६ मा बसेको संवैधानिक इजलाशले विपक्षी नेपाल सरकारसमेत १२ निकायलाई कारण देखाउ आदेश जारी गरेको बताए ।
हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रकाश पौडेल, समितिका संयोजक विशालराज महत सहित टोली भन्छन् “हामीले प्रतिष्ठानको बिरोध गरेको होइन, सरकारी अस्पतालको अस्तित्व जोगाउनु पर्ने भएको छ । यहि अभियानमा हामी छौँ ।”
प्रतिक्रिया दिनुहोस्