आफ्नो समूहले निर्माण गरेको विज्ञान प्रदर्शनीको बारेमा जानकारी गराउँदै एक विद्यार्थी ।

हेटौंडा । हेटौंडा अनुसन्धान तथा अविस्कार केन्द्रको समर स्टिम एक्सपो–२०८२ कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार फरेष्ट्री म्युजियममा आयोजना आयोजना गरिएको एक्सपोमा इभी मोटरसाईकल प्रस्तुत गर्दै सर्लाहीको आइडियल एकेडेमी प्रथम भएको छ । फाएर फाईटर रोबर्टको प्रदर्शनी गर्दै चितवन स्थितक्यापिटल कलेज दोस्रो भएको छ भने हेटौंडा–७,स्थित तासिर इंग्लिस बोर्डिङले स्मार्ट होम अटोनेसन कन्ट्रोल प्रदर्शनी गर्दै तेस्रो भएको छ । यस्तै, लाईन फोलोईङ् रोर्बट प्रर्दाश्न गरेको बालजाग्रित बोर्डिङ स्कुल पब्लिक छनौटतर्फ प्रथम भएको छ । शनिबार एएफएनका संस्थापक अध्यक्ष किसन बास्तोलाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिको विज्ञ सल्लाहकार कृष्ण धितालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

एक्सपोमा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीलाई क्रमशः१५ हजार रुपैयाँ, ९ हजार रुपैयाँ र ६ हजार रुपैयाँको नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको फाउण्डेसनका व्यवस्थापक तथा ईन्जिनिएर आयुस बस्नेतले बताएका छन् । यस्तै, पब्लिक चोइस अवार्डका विजेता बन्न सफल भएका बालजागृती बोर्डिङ्ग स्कूलको ३ हजार रुपैयाँको नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, अनरेवल मेन्सन अवार्ड ३ वटा विद्यालयले प्राप्त गर्न सफल भएको छ । प्रर्दश्नीमा कक्षा–६देखि कक्षा–१० सम्मका विद्यार्थीहरुले जम्मा ३५ वटा प्रोजेक्टको प्रदर्शनी गरेका थिए ।

सो प्रजोक्टहरुमा विभिन्न विधाका ८ जना ईन्जिनियरहरुले निर्णयकको भुमिका निर्वाह गरेका थिए । निर्णायकको मूल्यांकनको ६० प्रतिशत र कार्यक्रममा सहभागीहरु ४० प्रतिशत मतदानको आधारमा विजेता छनौट गरिएको बताइएको छ । विज्ञान प्रर्दश्नीमा करिव २ हजार ५ सय जनाको हाराहारीमा विद्यार्थी, अविभावक र शिक्षले अवलोकन गरेका थिए । कार्यक्रममा फउन्डेसनका अध्यक्ष बास्तोलाले हेटौंडा अनुसन्धान तथा अविस्कार केन्द्रको उद्देश्य र एक्सपोको विषयमा जानकारी गराएका थिए । उपमहानगरपालिकाका सल्हकार धितालले आफुले पढ्दा विज्ञान सम्वन्धी प्रयोगात्मक कम मात्रामा हुने गरेको बताए । उनले आफ्नो समयमा यस्ता प्रकारको विज्ञान प्रदर्शनी नहुने गरेको बताए ।

रातो समाचार संवाददाता
थप जानकारी