


बागमती प्रदेशको राजधानी हेटौंडामा दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।
शनिवार पत्रकार सम्मेलन गर्दै नागस्वती भेट्रान्स क्लबको आयोजनामा आगामी असोज १६ गते देखी हेटौंडा ७ नागस्वती खेल मैदानमा उक्त प्रतियोगिता हुने जानकारी गराइएको हो।
प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको सहभागिता रहने क्लवका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए ।
उनले बताए अनुसार प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको छ।
अध्यक्ष तितुङले बताए अनुसारै प्रतियोगितामा १८ वटा भन्दा माथी क्लबहरुको सहभागिता रहने र खेलमा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
तीन बर्ष अघि स्थापना भएको क्लवले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा उपाधी हासिल गर्न सफल भएको थियो भने प्रत्योगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने बताए।
पत्रकार सम्मेलनमाक्लव प्रथम उपाध्यक्ष विरेन्द्र खत्री, उपाध्यक्ष भरत तितुङ, ,सचिव प्रदीप गौतम,नवराज तितुङ,रोहिनी खत्री ,राजु कार्कि सन्चार्कर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्