बागमती प्रदेशको राजधानी मुटु हेटौंडाको बसपार्कमा रहेको एक होटलमा गएको भाद्र – १० गते मृत अवस्थामा फेला परेकी युवतीको आफन्तहरुले न्याय चाहियो भन्दै आइरहेका छन् ।

मृतक २३ वर्षीया युवती एलिसा न्यौपाने हेटौंडा११ नवलपुरकी बासिन्दा भएको खुलेको छ ।
यसै घटनाको दोषी उपर कार्वाही गरि न्याय गरियोस् उनको भाइ ,फुफाजु र आफन्त देखि बिभिन्न व्यक्तीत्वहरुले भनिरहेका हुन् ।

उक्त घटनाको बारेमा जिल्ला मकवानपुरले दिएको जानकमारी अनुसार एलिसा एक पुरुषसँग आइतबार राति होटलको कोठा नम्बर २०५ मा बसेकी थिइन्।
सोमबार बिहान अबेरसम्म कोठाबाट कोही नबाहिरिएपछि होटलमा आवद्धलेनै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी, र होटल सञ्चालकको टोलीले झ्यालबाट हेर्दा युवती ओछ्यानमा मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताएका हुन् ।

सो स्थानमा हेटौंडा १० वडाका अध्यक्ष फुर्वा दोर्जे तामाङ्ग, वडाका सदस्यहरु सहित, प्रहरी टोलीले सिसि क्यामेराको फुटेजको आधारमा एलिसासँग आएका पुरुष राति नै होटलबाट निस्केका थिए र उनको खोजी जारी रहेको बताएका छन् । ।

शवको पोष्टमार्टमको आधारमा घटनाको थप अनुसन्धानमा प्रहरी रहेको बताए ।

यसैविच नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा आयोजित पत्रकार सम्मेलनमा मृतक एलिसाको फुफाजु र भाइले यो घटना हत्या भएको र हत्यारा तत्काल पक्राउ गर्न माग गरेका हुन् ।
यही घटनाको अनुसन्धानमा प्रहरी गम्भिर हुनु पर्यो भन्दै मृतक एलिसाको आफन्तहरुले भनिरहेका हुन् ।

…………..

एलिसा न्यौपाने मृत अवस्थामा होटलको कोठा नम्बर २०५ मा फेला परिन्। प्रहरीका अनुसार न्यौपानेको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन चाहेका छैनन् ।
प्रहरीले परिचय नखुलाए पनि एलिसाका आफन्तहरुले हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएका छन् । आफन्तका अनुसार हाल समीर फरार छन् । पत्रकार संग बताए अनुसार अनुसार एलिसा र समीर लामो समयदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।
आफन्तले बताए अनुसार नै एलिसा – ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् भने त्यही दिन उनको हत्या भएको थियो।
आफन्त भन्छन् ” प्राप्त सुचना अनुसार समीरले एलिसालाई घरमा लगेपछि झगडा भएको र समीर, उनको परिवार र एलिसाबीच विवाद भएको –  त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको हो ।”
१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको एलिसाको फुफाजु भन्छन् ।
१५ वर्षको उमेरमा समीरसँग भागेर गएको र बिहे पछि २–३ पटक घरआएपनिपछिल्ला समयमा सम्पर्क नभएको फुफाजुले बताए ।समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको दुवै मिलेर बसेको तर पछिल्ला समयमा सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसे। वैदेशिक रोजगारीमा एलिसा दुबई पनि गएकी थिइन् ।

राजेश गरिब
थप जानकारी