इ–स्पोर्टस् नेशनल गोल्डकप सिजन–१ को बारेमा जानकारी दिँदै प्रतियोगिता संयोजक उत्सर्व चौलागाईं ।

हेटौंडा । हेटौंडामा इ–स्पोर्टस् कप नेशनल गोल्डकप सिजन–१ हुने भएको छ । हेटौंडा–४, कमलडाँडास्थित नेशनल गोल्ड टेलिभिजनको आयोजामा भोलि बिहिबारबाट मकवानपुरमै पहिलो पटक सर्वाधिक राशिको इ–स्पोर्टस् नेशनल गोल्डकप सिजन–१ फ्रिफायर प्रतियोगिताको आयोजना हुने भएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक उत्सर्ग चौलागाईंले नेपालमै ठूल माध्यम मानिने इ–स्पोर्टस् प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएका छन् । शारीरिक मात्र नभई मानिसक र प्राविधिक खेललाई प्रोत्साहन गर्ने, युवालाई सकारात्मक तर्फ लैजाने भन्ने मूल नाराकासाथ प्रतियोगिता गर्न लागेको संयोजक उत्सर्ग चौलागाईंले बताए ।

भोलि बिहिबारबाट सुरु हुने कार्यक्रमका लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट सोसिएल एण्ड साइनस मुख्य प्रयोगकको रुपमा रहने छ भने प्रदेश खेलकुद विकास परिषद्, बागमतीको पनि सहकार्य रहने छ । प्रतियोगितामा करिब १ हजार टोलीको सहभागिता रहने उनले बताए । इ–स्पोर्ट प्रतियोगिता अन्तर्गत फ्रिपायरमा १ जना व्याक खेलाडी सहित ५ जनाको सहभागिता रहने बताए । अनलाई मार्फत हुने खेलमा देशभरीबाट १६ वर्ष उमेर समूह पूरा भएका खेलाडीहरुको सहभागिता रहने छ ।

संयोजक चौलागाईंका अनुसार एक पटटको पूरा नक्सावाल म्याचमा १२ वटा टिमका ४८ जनाको सहभागिता रहने छ । प्रतियोगिताका सहभागी खेलाडीहरुको पुरस्कार राशिका लागि एक लाख रुपैयाँ छुट्याइएको छ । प्रतियोगिताको क्वार्टरफाइनल, सेमीफाइनल र फाइनल खेल हिमालयन दर्वार पार्टी प्यालेसमा हुनेछ । प्रतियोगितामा हुने विभिन्न ह्याकिङका कुरालाई मध्यनजर गरेर गरेनाको अफिसियल कस्टम रुमको प्रयोग गरिने उनले बताए । पत्रकार सम्मेलनमा टेलिभिजनाका अध्यक्ष उज्जवल चौलागाईंको पनि उपस्थिति रहेको थियो ।