हेटौंडा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति  र नागरिक बचाउ अभियानका केन्द्रीय अध्यक्ष एवम् मेडिकल व्यवसायी दुर्गा प्रासाईंले हेटौंडाको सडक पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङ र सुदन गुरुङले भत्काएको आरोप लगाएका छन् । अध्यक्ष दुर्गा प्रसाईंले गृहमन्त्री ओम प्रकाश अर्यालसँग सडक बिस्तारको विषयमा बुझदा सुदन गुरुङले दवाब दिएर सडक भत्काउन लगाएको कुरा थाहा भएको जनकारी गराए ।

बिहीबार नागरिक बचाउ अभियान हेटौंडा उपमहानगर पालिका कमिटीको आयोजनामा भएको बृहत् भेला तथा नागरिक जागरण कार्यक्रमलाई सम्बोधन गर्न चितवन हुँदै हेटौंडा आइपुगेका व्यवसायी प्रसाईंले जेनजीको आन्दोलनलाई हाइचेक गरेर सरकार निर्माण गरेको आरोप लागाएका हुन् । संसद विधटन मार्फत आन्तरिम सरकारको निर्माण गरेर गुरुङ र घिसिङले मिलेर व्यवसायीलाई मारमा पारेर सडक भत्काइएको उनको आरोप छ । वि.सं २०८४ सालमा हुनुपर्ने चुनाव २०८२ मै गराउन लागेर पश्चमी सरकार बनाएको उनले बताए ।

पच्चिछमी सरकार निर्माण भएको कारणले भारत र चीनसँग लडाइ हुने अवस्थाको सिर्जना हुने धारणा राखे । आफु कुनै सत्ता कुर्सीको स्वार्थमा नभएकोले पार्टीमा निर्माणको कार्यमा नलागेको बताउँदै चुनाव जित्न सक्ने क्षमता भएको दावी गरेका थिए । पहिले आफ्नो देश नेपाल र नेपालीको लागि लड्न आवश्यक रहेको उनले बताए । व्यापारीरु ऋण लिनेले तीर्नु तर तीर्न नसक्नेलाई सरकारले हेर्दिनुपर्ने उनले बताए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको चुनाव हुन नदिनका लागि फागुन १ गतेको दिन देशव्यापी रुममा आन्दोलन गर्ने घोषणा गरेको बताए । अहिले चुनाव भएमा पच्चिमी सरकार आउने उनले दावी गरे । उक्त आन्दोलनको क्रममा सबै व्यवसायीले पसलको सडक बन्द गरेर सहयोग गरे पुग्ने उनले बताए ।

२००४ सालमा राजा महेन्द्र र २०५८ सालमा राज बीरेन्द्रको रहसमय तरिकाले मृत्यु भएको कुरालाई उठ्ठान गरे । राज बीरेन्द्रको हत्यामा प्रत्यक्ष डिजाइन र संलग्नमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइ भएको उनले धारणा राखे । यो कुरालाई ठाउँमा पुगेपछि उठाउने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी