बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरले दिएको छुट अफर केही समयलाई निरन्तरता दिने भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं २ चौकीटोलमा २० औं शाखको रुपमाा शुभारम्भ गरिएको भाटभटेनी सुपर स्टोरको शाखा शुभारम्भको अवसर पारेर इलोक्ट्रीन्क्स सामाग्रीमा २० प्रतिशत र अन्यसामाग्रीमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको हो ।

गएको बुधबार भव्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको भाटभटेनीमा भान्छामा प्रयोग हुने इलोक्ट्रोनिक, खाद्यान्य, तरकारी तथा फलफुल, बालबालिकाका खेलौना, श्रृङ्गारका सामग्रीलगाएत व्यक्तीहरुका लागि आवाश्यक सामग्री लगायत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको छ ।

इलोक्ट्रोनिक सामाग्री खरिद गर्ने सेवाग्राहीहरुको लागि निःशुल्क घरदैलो सेवा समेत उपलब्ध रहेको र यो सेवा करिब २५ किलोमिटर क्षेत्रभित्रका सेवाग्राहीहरुको लागि समेत रहेको छ भने भाटभटेनीद्धारा नै सूचना जारी गर्दै अझै केहि दिनका लागि छुट अफरलाई निरन्तरता दिने जनाएको हो ।

करिब १ सय करोड भन्दा धेरै लगानीमा सञ्चालनमा ल्याइएको भाटभटेनी देशभर २० वटा स्टोर सञ्चालनमा आएको र काठमाडौंमा ९ वटा शाखा, ललितपुरमा दुई वटा, भक्तपुर, धरान, विराटनगर, भरतपुर, पोखरा, बुटवल, भैरहवा,नेपालगञ्ज,इटहरीमा एकएक वटा शाखा संचालनमा रहेको छ ।

काठमाडौंमा २ र धनगढीमा १ वटा थप भाटभटेनी संचालनमा ल्याउने तयारी रहेको बताउदै बेरोजगारहरुलाई रोजगार प्रदान गराई आर्थिक आयबाट सामाजिक सेवा पनि दिने उद्देश्य रहेको  सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक अध्यक्ष मीन बहादुर गुरुङले बताएका छन् ।

सेवासँगै आर्थिक चलायमान भएर पर्यटनमा पनि टेवा पुग्ने र व्यवसायसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने,धेरै भन्दा धेरैलाई रोजगार प्रदान गराइने उनको धारणा छ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए अनुसार चौकी टोलमा खरिद गरिएको १४ कठ्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनमा निर्माण भएको भाटभटेनीमा भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ ।