हेटौंडा ।  हेटौंडामा मकवानपुर जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठानको आयोजनामा, छहारी युवा सेवा समाजको सहआयोजना तथा नारायणी कलेजको मुख्य प्रायोजनामा पहिलो पटक सुरु भएको प्रतियोगिताको उद्धाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले गरेका हुन् ।

बिहीबार हेटौंडा–४,स्थित हुप्रचौरको भलिबल कोर्टमा भएको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी भेट्रान्सले सुखद सुरुवात गरेको छ । हेटौंडा–१६, हटियाको हटिया स्पोर्टस् भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै मकवानपुर गढी भेट्रान्सले विजयी सुरुवात गरेको हो । हटिया स्पोर्टस्लाई भेट्रान्सलाई २५–१६ र २५–१६ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

यस्तै, दोस्रो खेलमा कैलाश गाउँपालिका भेट्रान्सलाई २–० को हराउँदै छहारी सेवा समाज विजयी भएको छ । कैलाश गाउँपालिकाका भेट्रान्सलाई २५–१२ र २५–१९ हराउँदै छहारी विजयी भएको हो । तेस्रो खेलमा पञ्चशील भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै भीमफेदी गाउँपालिका भेट्रान्स विजयी भएको हो । पञ्चशीललाई २५–१० र २५–१६ ले हराउँदै भीमफेदीले विजयी भएको हो ।

यस्तै, चौंथो खेलमा थाहा नगरपालिका भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै मकवानपुरगढी भेट्रान्स विजयी भएको छ । थाहा नगरपालिकालाई २६–२४ र २५–१५ ले हराउँदै विजयी भएको हो ।

यस्तै पाचौं खेलमा कैलाश गाउँपालिका भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै प्रतियोगिताका प्रायोजक नरायणी कलेज भेट्रान्स विजयी भएको छ ।  कैलाशलको भेट्रान्सलाई २५–१३ र २५–१५ को सेटले सहजै पराजित नारायणी कलेज भेट्रान्स विजयी भएको हो ।

छैठौं खेलमा पञ्चशील भेट्रान्सलाई राक्सिराङ भेट्रान्स क्लब २–० को सोझो सेटले पराजित गर्दै विजयी भएको हो । राक्सिराङसँग पञ्चशील १५–२५ र १६–२५ ले पराजित भएको हो । ११ टिमहरुको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार समूह चरणको खेलहरु सम्पन्न क्वार्टरफाइनलको टुंगो लाग्ने छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी