
हेटौंडा । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी हवल्दार धर्मनाथ चौधरी महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र दरबन्दी भई कार्यालयको कार्य/विशेष शाखामा कार्यरत प्रहरी हवल्दार धर्मनाथ चौधरीले जेठ महिनाभरी गरेको उत्कृष्ट कामको मूल्याङ्कन गर्दै महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
यस्तो छ उनले गरेको कार्यहरुको विवरण
मिति २०८२।०२।०९ गते जनकपुरधामा मा. गृह मन्त्री श्री रमेश लेखकज्यू प्रमुख आतिथ्यतामा सम्पन्न भएको मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी कार्यक्रम अवधिभरको लागि सुरक्षा योजना बनाई प्रहरी परिचालन कार्यमा आवश्यक सहयोग गरेको।
मिति २०८२।०२।१८ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा जनकपुरधाममा सम्पन्न भौतिक पूर्वधार विकास मन्त्रालय मधेश प्रदेशको आयोजनामा मधेश प्रदेशको गौरव एवं बहुवर्षिय योजनाको रूपमा रहेको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम दोस्रो चरणको “डिजिटल प्रणालीबाट शिलान्यास“ कार्यक्रम र मिति २०८२।०२।२७ गते राजर्षिजनक विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयको “सभा वैठक एवं प्रथम दिक्षान्त समारोह“ कार्यक्रम अवधिभरको लागि सुरक्षा योजना बनाई प्रहरी परिचालन कार्यमा आवश्यक सहयोग गरेको ।
नेपाली काँग्रेस पार्टीका केन्द्रीय सभापती तथा पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको प्रमुख अतिथ्यतामा मिति २०८२/०२/२२ गते जिल्ला धनुषा, धनुषाधाम नगरपालिकामा आम सभा तथा स्व. ठाकुर प्रसाद ढुंगानाको सालिक अनावरणका कार्यक्रम र मिति २०८२/०२/२३ गते जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ८ ज्ञानकुप स्थितमा मधेश प्रदेश सरकारको लगानीमा “मैथिली विकास कोषको नव–निर्मित बहुसांस्कृतिक भवनको समुद्धघाट्न“ कार्यक्रम अवधिभरको लागि सुरक्षा योजना बनाई प्रहरी परिचालन कार्यमा सहजता प्रदान गरेको ।
प्रतिक्रिया दिनुहोस्