अहिले क्याम्पस तहका विद्यार्थीहरुको चासो बनेको विषय भनैको स्ववियु निर्वाचन रहेको छ ।

बिभिन्न स्थानमा आफ्नो पक्षको बिद्यार्थी नेतालाई उम्मेदवार बनाउने र जिताउने अभियानमा बिद्यार्थीहरुनै जुटिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिकामा रहेको बिभिन्न क्याम्समा पनि स्ववियु निर्वाचनको मतदान भइरहेको छ ।

यसैक्रममा स्ववियु निर्वाचनअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार ९१ जना मतदाता रहेका छन् भने ६ वटा मतदान केन्द्र बनाइएको छ ।

बिहान १० बजेसम्ममा ४१० जनाले मतदान गरेका छन् ।