
हेटौंडा । हेटौंडा–२,स्थित मकवानपुर बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसमा १८ बुँदे माग पेश गरेका छन् । सोमबार मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रसिद्ध रेग्मी सहित स्ववियुकको टोलीले क्याम्पस प्रमुख डा.यमबहादुर सिलवाललाई ध्यानाकर्षणपत्र मार्फत १८ बुँदे माग राखेका हुन् ।
विगतका समयमा क्याम्पसमा केही सुधार भएपनि अहिलेको अवस्थामा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाको सुनिश्चितता, पुर्वाधार सुधार र पारदर्शी प्रशासनको आवश्यक परेकोले स्ववियुले ध्यानाकर्षण गराउँदै क्याम्पस समक्ष १८ बुँदे माग राखेका सभापति प्रसिद्ध रेग्मीले बताए । क्याम्पसमा हुने वेतिथि, क्याम्पसको समृद्धि र विकासका गर्नका लागि शैक्षिक वृद्धि गर्दै क्याम्पसलाई देश कै एउटा उत्कृष्ट क्याम्पस वनाउने अभियानमा क्याम्पस प्रशासनसँग सहकार्य गरेर लागिरहेको सभापति रेग्मीले बताए ।
क्याम्पस भवनको हरेक तल्लामा फिल्टर सहितको खानेपानीको व्यवस्था गर्न र प्रयोग गर्न योग्य शौचालय क्याम्पसमा नभएकोले शौचालय मर्मत गरेर दैनिक रुपमा प्रयोग योग्न बनाउन माग राखेको उनले बताए । स्ववियुको प्रतिनिधित्व सहित क्याम्पस र त्रिभुवन विश्वविद्यालयबीच समन्वय र सहकार्यको लागि संयन्त्र निर्माण गरेर विद्यार्थीसँग प्रत्यक्ष सम्बन्धीत विषयमा स्ववियुको भुमिकालाई नजरअन्दाज वेवास्ता नर्गन माग राखेका छन् ।
ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्टको ममर्त गर्नुपर्ने, विद्यार्थीको मनोरञ्जना अन्तर्गत ईन्डोर गेमको कभर्ड हल निर्माण गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने, विआइसीटीइ अध्ययनरत विद्यार्थीका लागि आधारभूत स्रोत साधन सहितको कक्षाकोठाको व्यवस्था गर्नुपर्ने,क्याम्पसको सबै कक्षाकोठामा फ्यान, प्रोजेक्टर, झ्याल, ढोका, बेञ्चको मर्मत गरेर पढाइएको लागि सहज वातावरण बनाउनुपर्ने माग गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । कक्षाकोठाको झ्याल र ढोकाको नियमित सरसफाई कार्यलाई छिट्टै अगाडि सार्न पनि माग राखेको उल्लेख गरिएको छ ।
शैक्षिकसत्र सुरु हुँदाको समयमा समेत विद्यार्थीले किताब नपाएको किताब पाउने वातावरणको सहजता प्रदान गर्न माग राखिएको छ । क्याम्पसको क्यान्टिनमा प्रशासनले नियमित रुपमा अनुगमन गरेर स्वच्छ खानको विक्री वितरणको वातावरण सिर्जना गर्नुपर्ने, विद्यार्थीका लागि १५ मिनेटको ब्रेक टाइमको समय कम भएकोले त्यसलाई मूल्यांकन गर्नुपर्ने, सवारी साधन पार्किङको उचित स्थानको व्यवस्था क्याम्पसमा गर्नुपर्ने, विद्यार्थीसँग आफ्नै क्याम्पसको अपन्त्व गराउनका लागि नम्र र शिष्ट भाषाको प्रयोग गर्नुपर्ने माग राखिएको छ ।
सेनिटरी प्याड भेन्डिङ्ग मेसिन निरन्तरतालाई ध्यान दिन त्यसलाई सूचारु गर्नुपर्ने, विद्यार्थीलाई सूचना दिन हरेक कक्षा कोठामा स्पीकरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको परिचयपत्रलाई समयमै प्रिन्ट गरेर उपल्बध हुने वातावरणको सिर्जना गर्ने, क्याम्पसले गर्ने कार्यक्रम क्याम्पसमै गर्नका लागि स्टेजको स्तरोन्नतीको लागि प्रक्रिय अगाडी बढाउनुपर्ने र स्ववियुसँगको सहकार्यमा क्याम्पसको वार्षिक क्यालेन्डर बनाउनुपर्ने माग गरेका छन् । स्ववियुले गरेको मागहरु पूरा नभएमा विद्यार्थीहरुको हक, अधिकारको सुनिश्चितताको लागि आन्दोलन गर्न बाध्य हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्