एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ लाई कामारु ट्रेडिङ प्रालिको केल्मी नेपालले सहप्रायोजन गर्ने भएको छ । सहप्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार नेपाल खेलकुद मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

दशक अवार्डका लागि कामारु ट्रेडिङ प्रालिले सहप्रायोजनलाई निरन्तरता दिएको हो । कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्री–वितरक संस्था हो । सहप्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा विजेता र मनोनित खेलाडीलाई पोशाक र गिफ्ट ह्याम्पर उपलब्ध गराउने बताईएको छ । १८औँ संस्करणको स्पोर्टस अवार्ड चैत ८ गते हुँदैछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो