चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ३ जनालाई मकवानपुर प्रहरीद्वारा सार्वजानिक गरिँदै ।

हेटौंडा । मकवानपुर प्रहरीले सुनको गहनाको चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । जेठ २३ गते बिहान ७ बजेको समयमा हेटौंडा–१८,स्थित रामधुनी चोकमा वसोबास गर्ने उसा परियारले आफ्नै घरबाट एकथान सुनको तिलहरी चोरी भएको भनी जाहेर दिएकी थिइन् ।

हेटौंडा–१८,स्थित प्रहरीचौकी ठूलो दमारबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा उक्त चोरीमा संलग्न भएका आरोपित हेटौंडा–१८ कै २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, ३० वर्षीय सजिव गोतामे र हेटौंडा–४ बस्ने सन्त बहादुर बराइलीलाई चोरीको गहनासहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुले नियन्त्रणमा लिएर हिरासदमै राखेर डाका सम्बन्धीको कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्यादको अनुमती लिइ अनुसन्धान गरिरहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी